Tasks

  1.  प्रदेश स्तरमा पशु सेवा सम्बन्धी तालिम सञ्चालन निती, कार्ययोजना एवम् बजेट कार्यक्रम तर्जुमा गर्ने।
  2. तालिम केन्द्रको आवधिक प्रगतिको विवरण सम्बन्धित तालुक निकायमा पठाउने।
  3. पशु सेवा सम्बन्धि विभिन्न विषयगत तालिमको पाठ्यक्रम सम्बन्धित निकायसंग छलफल एवम् समन्वय गरी तालिम सामाग्री तयारी तथा समय सापेक्ष परिमार्जन गर्ने।
  4. पशुपन्छी उत्पादन, पशु स्वास्थ्य, मत्स्य लगायत अन्य सम्बन्धित विषयमा तालिम सञ्चालन गर्ने।
  5. कृषक, उद्यमी, कर्मचारीहरुका लागी तालिम सञ्चालन गर्ने।
  6. सरकारी एवम् अन्य संघ/संस्थाहरुसँग समन्वयमा तालिम सञ्चालन गर्ने।
  7. श्रव्यदृश्य तथा प्रचार प्रसार सामाग्री तयारी तथा सम्प्रेषण गर्ने।
  8. तालिम प्रभावकारिता अध्ययन, अनुगमन तथा मुल्याङ्कन गर्ने।
  9. प्रदेश अन्तर्गत पशु सेवाको मानव संसाधन विकास कार्ययोजना तयार गर्ने।
  10. पशुसेवा तालिम केन्द्रको योजना तर्जुमा कार्यान्वयन र प्रगति प्रतिवेदन निर्देशनालयमा पठाउने।
  11. विभिन्न तालिम सञ्चालनका लागी सम्बन्धित विषयका स्रोत व्यक्ति (विज्ञ) हरुको रोष्टर अध्यावधिक गर्ने।