प्रकाशित मिति : २०२३-०६-०७ (अद्यावधिक मिति : २०२४-०९-२४)
- प्रदेश स्तरमा पशु सेवा सम्बन्धी तालिम सञ्चालन निती, कार्ययोजना एवम् बजेट कार्यक्रम तर्जुमा गर्ने।
- तालिम केन्द्रको आवधिक प्रगतिको विवरण सम्बन्धित तालुक निकायमा पठाउने।
- पशु सेवा सम्बन्धि विभिन्न विषयगत तालिमको पाठ्यक्रम सम्बन्धित निकायसंग छलफल एवम् समन्वय गरी तालिम सामाग्री तयारी तथा समय सापेक्ष परिमार्जन गर्ने।
- पशुपन्छी उत्पादन, पशु स्वास्थ्य, मत्स्य लगायत अन्य सम्बन्धित विषयमा तालिम सञ्चालन गर्ने।
- कृषक, उद्यमी, कर्मचारीहरुका लागी तालिम सञ्चालन गर्ने।
- सरकारी एवम् अन्य संघ/संस्थाहरुसँग समन्वयमा तालिम सञ्चालन गर्ने।
- श्रव्यदृश्य तथा प्रचार प्रसार सामाग्री तयारी तथा सम्प्रेषण गर्ने।
- तालिम प्रभावकारिता अध्ययन, अनुगमन तथा मुल्याङ्कन गर्ने।
- प्रदेश अन्तर्गत पशु सेवाको मानव संसाधन विकास कार्ययोजना तयार गर्ने।
- पशुसेवा तालिम केन्द्रको योजना तर्जुमा कार्यान्वयन र प्रगति प्रतिवेदन निर्देशनालयमा पठाउने।
- विभिन्न तालिम सञ्चालनका लागी सम्बन्धित विषयका स्रोत व्यक्ति (विज्ञ) हरुको रोष्टर अध्यावधिक गर्ने।