Published Date : 2019-12-01 (Modified Date : 2023-09-06)

तत्कालीन प्रदेश नं ३ हालको बागमती प्रदेश सरकार मन्त्री परिषदको मिति २०७५।६।२२ मा निर्णय भए अनुसार तत्कालीन भूमि व्वस्था, कृषि तथा सहकारी मन्त्रालय हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको मातहतमा यस पशु सेवा तालिम केन्द्र, लगनखेल, ललितपुरमा मिति २०७५।७।१८ गते देखि विधिवत रुपमा संचालनमा रहेको छ । ग्रमीण क्षेत्रको प्रमुख आय आर्जनको श्रोतको रुपमा रहेको पशुपन्छीपालन व्यवसाय बिस्तारं व्यवसायिकता तर्फ उन्मुख हुदै गएको पाईन्छ । तालिमको माध्यमबाट आधुनिक प्रविधि, ज्ञान, सीप हस्तान्तरण गर्दै व्यवसायीहरुलाई दक्ष बनाई नाफामुलक पशुपन्छीपालन व्यवसाय संचालन गर्न सक्ने बनाउने तथा विदेश पलायन हुने युवा शक्तिलाई निरुत्साहित गर्दै स्वदेशमै पशुपालन क्षेत्रमा रोजगार सिर्जना गर्न उत्साहित गर्न यस तालिम केन्द्रले व्यवसायिक पशुपालक कृषक तथा युवाहरुलाई विभिन्न सिपुलक एवं ज्ञानबर्दक तालिमहरु संचालन गर्दै आएको छ ।

यस पशु सेवा तालिम केन्द्रले नविनतम प्रविधिहरुलाई प्रभावकारी रुपमा सम्वन्धित कृषक तथा सेवाग्राही वा संघ संस्थामा पुर्याउनको लागि पशु सेवा तथा मत्स्य सेवासँग सम्बन्धी तालिम कार्यक्रमको तर्जुमा गरिएको छ। साथै पशुपन्छी तथा मत्स्य विकास सेवामा संलग्न कर्मचारीहरुको ज्ञान र सीप एवं क्षमता विकासलाई समायानुकुल बनाउन पनि समय समयमा तालिम कार्यक्रम र पशुपन्छी तथा मत्स्य सम्बन्धी ज्ञान र सूचनाला२ कृषकको घर दैलोमा पुर्याउन विभिन्न तौर तरिका मध्ये तालिम पनि महत्वपूर्ण साधनको रुपमा प्रयोग भई आएको छ। तालिम जनशक्तिको क्षमता विकासको एक मुख्य औजार हाे । तालिमले कार्य सम्पादनको लागि आवश्यक ज्ञान र सीप हस्तान्तरण गरी व्यवहारमा परिवर्तन ल्याउछ । यसले बर्तमान र भविष्यमा गरिने कामको लागि आवश्यक पर्ने जनशक्ति तयार गर्दछ । नवप्रवर्तनको लागि सक्षम बनाउछ । यसर्थ, पशुपन्छीपालन व्यवसायी र पशु सेवा क्षेत्रका जनशक्तिको आवश्यकता अनुसार ज्ञान, सीप र व्यवहार परिवर्तनसंग सम्बन्धित बिषयलाई बिभिन्न अनुपातमा तालिम दिईन्छ । तालिमले जनशक्तिको कार्य संलग्नता बढ्छ जसबाट अन्ततः व्यवसाय तथा संगठनको उत्पादकत्व बृद्धिमा योगदान पुग्दछ ।

उद्देश्य

  • तालिममा सहभागीहरुको कार्यदक्षतामा अभिवृद्धी गर्ने ।
  • पशुपन्छी विकास, स्वास्थ्य तथा मत्स्य विकास सम्बन्धित नविनतम ज्ञान र सीपको बारेमा अवगत गराई कृषक समक्ष उक्त प्रविधि पुर्याउनमा जोड दिने ।
  • पशुपन्छी विकास, स्वास्थ्य तथा मत्स्य विकास क्षेत्रमा संचालित कार्यक्रमको लागि आवश्यक पर्ने ज्ञान र सीपको अभिवृद्धि गर्ने ।
  • कार्यालय संचालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने ज्ञान र सीपको अभिवृद्धि गर्ने ।
  • निर्वाहमुखी पशुपन्छीपालन र मत्स्यपालनलाई व्यवसायिकरण गर्न उत्प्रेरित गर्ने ।